हज यात्रालाई लिएर साउदी अरबको ठूलो निर्णय

डिसी नेपाल
२६ पुष २०७९ १२:३२
556
Shares

काठमाडौं । साउदी अरेबियाले यस वर्ष हज यात्रीको संख्या र उमेरसँग सम्बन्धित प्रतिबन्ध हटाएको छ। समाचार एजेन्सी एएफपीका अनुसार हज र उमराह मामिला मन्त्री तौफिक अल-रबियाले मिडियालाई यो जानकारी दिए।

उनले भने, “यस वर्ष हजयात्रीको संख्या कोरोना भाइरसअघिको जस्तै हुनेछ, हज गर्न आउनेलाई उमेरको हद तोकिएको छैन।” हज हरेक वर्ष हुने धार्मिक कार्यक्रम हो, जुन यस वर्षको जुन महिनामा हुनेछ।

हज इस्लाम को पाँच कर्तव्य मध्ये एक हो। बाँकी चार कर्तव्यहरू हुन्- कलमा, रोजा, नमाज र जकात। धार्मिक मान्यता अनुसार शारीरिक र आर्थिक रूपमा सक्षम प्रत्येक मुस्लिमले जीवनमा कम्तिमा एक पटक यो कर्तव्य पूरा गर्नुपर्ने दायित्व हुन्छ ।

गल्फ न्युजको रिपोर्ट अनुसार सन् २०१९ मा करिब २५ लाख मानिसले हज गरेका थिए । तर, त्यसपछिका दुई वर्षमा कोरोना महामारीका कारण यात्रुको संख्यामा कमी आएको थियो । यस अवधिमा ६५ वर्षसम्मका व्यक्तिले मात्र हज यात्रा गर्न पाउँछन् ।

सन् २०२२ मा करिब ९ लाख तीर्थयात्री हज पुगेका थिए जसमध्ये ७ लाख ८० हजार विदेशी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *