अन्तर्राष्ट्रिय दबाबपछि तालिबानले महिलामाथिको प्रतिबन्ध फुकुवा गर्ने संकेत

डिसी नेपाल
२६ पुष २०७९ १३:२९
84
Shares

काठमाडौं । महिलामाथिको प्रतिबन्धलाई लिएर अन्तर्राष्ट्रिय समुदायको विरोधको सामना गरिरहेको तालिबानले केही नरम हुने संकेत देखाएको छ ।

अफगानिस्तानमा काम गर्ने एउटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सहायता एजेन्सीले कम्तिमा तीन तालिबान मन्त्रीहरूले महिलामाथिको प्रतिबन्ध हटाउन शीर्ष नेतृत्वले काम गरिरहेको जानकारी दिएको बीबीसी पश्तोले जनाएको छ।

काबुल भ्रमणमा रहेका नर्वेको शरणार्थी परिषद्का प्रमुख जान इगल्यान्डले बीबीसी पश्तोसँगको विशेष अन्तर्वार्तामा तालिबानले महिलाको काम र बालिका शिक्षामा लगाइएको प्रतिबन्ध नहटाएमा अफगानिस्तानलाई अन्तर्राष्ट्रिय सहायता खर्च रोक्न सुरु हुने बताए ।

उनले भने, “तालिबान नेताहरूले मलाई भने कि उनीहरू अर्को आदेशमा काम गरिरहेका छन्। यस आदेश अनुसार महिलाहरूलाई पढ्न अनुमति दिइनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, महिलाहरू काममा फर्कन सक्नेछन्।”

“उनीहरूले आफ्नो वाचा पूरा गर्नुपर्छ, हामीलाई वाचा गरिएको थियो कि हामी महिलाहरूसँग काम गर्न सक्षम हुनेछौं, उनीहरूलाई शिक्षा दिइनेछ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *