पाकिस्तानका लागि साउदी अरेबियाको ठूलो घोषणा ! टाट पल्टिनबाट बचाउन सक्ला ?
काठमाडौं । आर्थिक संकटमा परेको पाकिस्तानलाई साउदी अरेबियाले फेरि सहयोगको हात अघि बढाएको छ । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले पाकिस्तानमा आफ्नो लगानी १० अर्ब डलर पुर्याउने घोषणा गरेका छन् ।
आधिकारिक साउदी समाचार एजेन्सीका अनुसार क्राउन प्रिन्सले साउदी विकास कोषलाई पाकिस्तानको केन्द्रीय बैंकमा रहेको साउदी निक्षेपको मात्रा पाँच अर्ब डलर पुर्याउने अध्ययन गर्न पनि आग्रह गरेका छन्।
यसअघि सन् २०२२ को अगस्टमा पनि पाकिस्तानमा लगानीको घोषणा गरिएको थियो। यसपछि डिसेम्बरमा पनि साउदी अरबले केन्द्रीय बैंकमा जम्मा गरेको नगद बढाएको थियो ।
पाकिस्तान फेरि एकपटक डिफल्टको संघारमा पुगेको छ । त्यहाँ विदेशी मुद्रा सञ्चिति ५ अर्ब डलरभन्दा तल पुगेकाले त्यहाँको अर्थतन्त्र र पाकिस्तानका जनतालाई सघाउन साउदी सरकारले यो कदम चालेको हो ।
साउदी अरेबियाले पाकिस्तानलाई डिफल्टबाट बचाउन खोजेको यो पहिलो पटक होइन, विगतमा पनि यसो गरिसकेको छ।
पाकिस्तान लामो समयदेखि साउदीको सहयोगको पर्खाइमा थियो । पाकिस्तानका अर्थमन्त्री इशाक दारले हालै साउदी अरबबाट चाँडै पैसा आउने बताएका थिए ।
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले एक वर्षमा दुई पटक साउदी अरबको भ्रमण गरेका छन् । हालै पाकिस्तानका सेना प्रमुख जनरल असिम मुनिरले पनि साउदी अरबको भ्रमण गरेका छन् । यी भ्रमणको उद्देश्य साउदी अरबबाट आर्थिक सहयोग प्राप्त गर्नु थियो।
साउदी प्रेस एजेन्सीले मंगलबार भनेको छ कि राजकुमार मोहम्मदले पाकिस्तानको अर्थतन्त्र र त्यहाँका जनतालाई मद्दत गर्न यो निर्देशन दिएका हुन् ।
पाकिस्तानको विदेशी मुद्रा सञ्चिति गत साता पाँच अर्ब डलरको नजिक पुगेको छ, जसले आफ्नो एक महिनाको आयात बिल तिर्न कठिन भएको छ। यसबाहेक, पाकिस्तानमा विदेशी ऋणको दायित्व पनि छ र यदि समयमै भुक्तानी नगरे डिफल्ट हुने सम्भावना छ।
विदेशी मुद्रा सञ्चितिको ठूलो अभावका कारण पाकिस्तान सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । यहाँको अर्थतन्त्र दिनप्रतिदिन नाजुक बन्दै गएको छ र त्यहाँका जनताले आधारभूत सुविधासमेत पाउन सकेका छैनन् ।
पाकिस्तानको मुद्रा सञ्चिति ६.७ अर्ब अमेरिकी डलरले घटेको छ । चीनबाट आएको लगानी घट्दा पनि अर्थतन्त्र धरासायी छ ।
पाकिस्तानमा कर्मचारीहरूले पनि समयमै तलब पाएका छैनन्। त्यहाँको सरकारसँग आफ्ना कर्मचारीलाई तलब दिने पैसा छैन । सरकारले पनि विदेशमा रहेका सम्पत्ति बेचेर पैसा उठाउँदै आएको छ ।







डिसी नेपाल







Facebook Comment