संसद बिघटनलाई आफू अनुकुल व्याख्या नगर्न देउवालाई ओलीको सुझाव

डिसी नेपाल
२६ पुष २०७९ १५:०५

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले षडयन्त्रका साथ कांग्रसले सरकारलाई समर्थन गरेको भए सफल नहुने स्पष्ट पारेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको छलफलका क्रममा ओलीले कांग्रेसले सरकारलाई समर्थन गर्नुमा सदाशयता बाहेक कुनै कुरा नभए स्वागतयोग्य भएपनि कुनै जाल गरेर समर्थन गरेको भए सफल नहुने स्पष्ट पारेका हुन्। सरकारलाई कांग्रेसले गरेको समर्थन ढोक्सा हो भने ढोक्सा रित्तै हुने उनले बताए।

त्यस्तै अध्यक्ष ओलीले संसद बिघटनका बिषयमा आफू अनुकुल व्याख्या नगर्न पनि कांग्रेस सभापति शेर बहादुर देउवालाई सुझाव दिए। उनले कांग्रेसले २०५८ साल असारमा संसद विघटन गरेर मध्यावधि गरेर आश्विन १८ र माघ १९ पुगेको स्मरण गर्न पनि सुझाव दिए।

अध्यक्ष ओलीले सरकारले अघि सारेका कार्यक्रम र प्रतिवद्धता पुरा गर्न कठिन रहेको भन्दै चूनौतिका साथ पुरा गर्ने दावी गरे। हिजोका कमीकमजोरीहरुलाई हटाएर अगाडी बढ्नका लागि वर्तमान सरकारलाई सफलताका साथ अघि बढाउनुपर्ने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *