सिंहदरबारमा फोटो झुन्ड्याउन मात्रै प्रधानमन्त्री भएको होइनः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तेश्रो पटक प्रधानमन्त्रीमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्र नउभिएको बताउका छन्।
प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा उनले भने, “हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै र सबैप्रति कृतज्ञता व्यक्त गर्दै म एउटा परीक्षा दिन चाहन्छु, म फोटो झुण्ड्याउन र नाम लेखाउन मात्रै तेस्रोपटक प्रधानमन्त्री भएको होइन।”
उनले हरेक पटक संसदमा आफू उपलब्धिका ‘डाटा र रिपोर्ट कार्डका’ साथ उपस्थित हुने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “मलाई विश्वासको मत दिएमा संसदका हरेक माननीय सदस्यले गर्व गर्ने वातावरण बनाउनेछु। सबैको साथ र सहयोग लिएर राष्ट्र निर्माणमा होमिन यो सम्मानित सदनसँग प्रधानमन्त्रीका रूपमा म विश्वासको मतका लागि अनुरोध गर्दछु।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment