चंखेली गाउँपालिकाका लेखा अधिकृत प्रहरी नियन्त्रणमा

डिसी नेपाल
२६ पुष २०७९ १७:५६

सुर्खेत । हुम्लाको चंखेली गाउँपालिकाका लेखा अधिकृत नविन रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरी ड्टयुटीका प्रहरीमाथि अभद्र व्यवहार गरेपछि रेग्मीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको हो ।

वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा ट्राफिक चेकजाँचका क्रममा रेग्मीले प्रहरीसँग अभद्र व्यवहार गरेको प्रहरी नायब निरीक्षक जयराम घर्तीले जानकारी दिए । घर्तीका अनुसार मापसे गरी मोटरसाइकल चलाएका रेग्मीले ड्युटीमा खटिएका प्रहरीसँग अपशब्द प्रयोग गरेका थिए ।

रेग्मीले चलाएको कर्णाली प्रदेश ००२–००१ प २९६ नम्बर मोटरसाइकल समेत प्रहरीको नियन्त्रणमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *