बागमतीका मुख्यमन्त्री जम्कट्टेलले ३ माघमा विश्वासको मत लिने

डिसी नेपाल
२७ पुष २०७९ १२:१३
48
Shares

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी ३ माघमा विश्वासको मत लिने भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार दुई मन्त्रीसहित मुख्यमन्त्री जम्कट्टेललाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए।

बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए। ३ माघमा विश्वासको मत लिने बारेमा प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकिएको उनले बताए।

मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रालयको संख्यासँगै बाँडफाँड पनि टुंग्याइने भएको छ। प्रदेशमा रहेका १४ वटा मन्त्रालयलाई घटाएर ११ मा ल्याउने तयारी भइरहेको छ। मंगलबार बसेको प्रदेश सरकारको पहिलो बैठकले प्रदेशको १४ वटा मन्त्रालयलाई घटाउने निर्णय गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *