लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरीकाे दाबी पेश

डिसी नेपाल
२७ पुष २०७९ १४:१४
100
Shares

रुपन्देही। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन समक्ष एमालेका लिला गिरीले मुख्यमन्त्री पदका लागि दाबी पेश गरेका छन्।

संघीय सरकारमा सत्ता साझेदार दलहरूको समर्थनसहित गिरीले बुधबार दिउँसाे दाबी पेश गरेका हुन्।

उनले पेश गरेको दाबीमा एमालेका २९, माओवादीका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पाटीका ४, जसपा ३, स्वतन्त्र २, जनमत ३, लोसपा ३ गरी ५८ जना सांसदको समर्थन रहेको छ।

लुम्बिनी प्रदेशमा ८७ संसाद छन्। बहुमतका लाथि ४४ संसदकाे समर्थन आवश्यक पर्छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *