४७ फिट अग्लो त्रिशूल स्थापना

डिसी नेपाल
२८ पुष २०७९ १९:१९

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क–२ घोचेखोलामा रहेको शिव मन्दिरमा ठूलो त्रिशुल स्थापना गरिएको छ ।

सन्धिखर्क–२ शिवालय क्षेत्रमा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूल आज वैदिक विधिपूर्वक पूजाआजा गरी स्थापना गरिएको हो । धार्मिक पर्यटक भित्र्याउने उद्येश्यले पण्डित केशवराज आचार्यले वैदिक विधिपूर्वक पूजाआजा गरी त्रिशूल स्थापना गरिएको स्थानीय रामु केसीले बताए । सन्धिखर्कबाट नजिकै प्राकृतिक मनोरम वातावरणमा रहेको यस शिवालय क्षेत्रमा शिव भगवानको मन्दिरसमेत रहेको छ । यस स्थानमा शिवरात्रिको दिन विशेष पूजाआजा तथा दैनिक पूजा हँुदै आएको छ । दाङमा रहेको त्रिशूल साढे ४१ फिट अग्लो छ । पाल्पाको भैरवनाथ मन्दिरमा रहेको ३५ फिट अग्लो रहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *