गृहमन्त्रीद्वारा ‘मेड इन नेपाल एक्स्पो’को निरीक्षण

डिसी नेपाल
२८ पुष २०७९ २१:२०
60
Shares

भरतपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ‘मेड इन नेपाल एक्स्पो २०७९’को निरीक्षण गरेका छन् । चौधौँ चितवन महोत्सव परिसरमा आयोजना गरिएको एक्स्पोको निरीक्षण गरी गृहमन्त्री लामिछानेले नवउद्यमीलाई हौसला प्रदान गरेका हुन् ।

“देशका युवा यही रहनुपर्छ भनेर सरकारले न्यूनतम साझा कार्यक्रममा स्टार्टअपका लागि विशेष कार्यक्रम ल्याउन लागेको छ”, उनले भने, “देशमा उद्योग खोल्न सक्यो भने र नवउद्यमीले केही अनुसन्धान गर्न सक्यो भने मात्र मुलुकको उन्नति हुन्छ ।”

सरकारले नेपालमै बनेका वस्तुका लागि विशेष व्यवस्था गरोस् भनेर पहल गरिरहेको उनले बताए । “आफ्नै देश स्वावलम्बन हुनुपर्छ, यहीको उत्पादन प्रयोग गर्नुपर्छ । मैले आफूले नेपालमै बनेको लुगा लगाउने जानकारी गराएकै छु”, नयाँ उत्पादनका विषयमा छलफल गर्न युवा उद्यमीलाई आग्रह गर्दै उनले त्यसमा काम गर्न गृहमन्त्रालयको ढोका सदैव खुला रहने बताए। प्रविधिको अनुसन्धान गर्न गृहमन्त्रालयले उद्यमीलाई सधैँ सहयोग गर्ने उनले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *