सरकारका कार्यक्रमलाई हेरेर शर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हौंः माधव नेपाल

डिसी नेपाल
३० पुष २०७९ १६:३१
68
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारमा जाने कुरा तत्काल सम्भव नभएको बताएका छन्।

पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले सरकार गठनको कुनै पनि प्रक्रियामा आफुहरु सहभागी नभएको र अहिले सरकारमा जाने कुरा पनि सम्भव नभएको बताएका हुन्।

उनले सरकारले अघि सारेका कार्यक्रमलाई हेरेर शर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएको धारणा राखे। परिस्थीतिमा परिवर्तन भएर आफुहरुको आवश्यकता भए सरकारमा जान सकिने तर अहिले नै त्यस्तो कुनै तयारी नभएको उनको भनाइ छ।

उनले संसद बिघटन गरिन्छ की भन्ने आशंका जम्मिएको भन्दै संविधानमा नै नभएको कुरालाई गर्ने आँट कसैले गर्न नहुने आफ्नो सुझाव रहेको जिकिर गरे। उनले सत्ता र पावरले मान्छेलाई घमण्डी बनाउने भएकाले बिनम्रतापूर्वक लाग्न प्रधानमन्त्रीलाई सुझाव दिए।

अध्यक्ष नेपालले घनश्याम भुसाल पार्टीमा आएपछि उत्साहित बनेको र अरुलाई पनि आउने वातावरण तयार भएको बताए।

उनले समानुपातिकमा सन्तोषजनक मत नआएपनि प्रत्यक्षतर्फ राम्रो परिणाम आएकाले निर्वाचनको परिणामका कारण हरेस खानुपर्ने अवस्था नरहेको पनि बताए। अध्यक्ष नेपालले पार्टीलाई शसक्त रुपमा अघि बढाउनका लागि जनतमाझ जान कार्यकर्तालाई निर्देशन दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *