मन्त्री श्रेष्ठद्वारा यातायात व्यवस्थाको सेवालाई छिटो छरितो बनाउन छलफल

डिसी नेपाल
३० पुष २०७९ २०:०५
32
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्थाका सबै सेवालाई छिटोछरितो बनाउन छलफल गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आज मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, यातायात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेयलगायत यातायातका कर्मचारीलाई यातायात व्यवस्थाका सबै सेवालाई अनलाइनसहित छिटो छरितो र सरल बनाउने विषयमा छलफल गरेको उनका प्रेस संयोजक कमल गिरीले जानकारी दिए ।

यातायात व्यवस्थाका सेवाको ढिलासुस्तीबारे जनगुनासो आएपछि मन्त्री श्रेष्ठले यातायातका सेवा सुविधालाई छिटोछरितो बनाउन आग्रह गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *