सुत्केरीको हवाई उद्धार

डिसी नेपाल
३० पुष २०७९ २१:५८
32
Shares

मान्म । कालीकोटमा एक सुत्केरीको हवाई उद्धार गरिएको छ । स्थानीय स्वास्थ्यचौकीमा अत्यधिक रक्तस्राव भएपछि उनलाई हवाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो ।

रास्कोट नगर अस्पतालमा सुत्केरी भएकी रास्कोट नगरपालिका–८ वाहरकोटकी १७ वर्षीया सङ्गीता लुवारलाई हवाई उद्धार गरिएको हो । नगर अस्पतालमा सुत्केरी भएकी लुवारको अत्यधिक रक्तस्राव भएपछि हवाई उद्धार गरिएको नगरपालिका प्रमुख धर्मराज शाहीले जानकारी दिए । “अस्पतालमा शिशु जन्माएपछि अत्यधिक रक्तस्रावका कारण आमा र नवजात शिशुको हेलिकोप्टरमार्फत उद्धार गरेर प्रदेश अस्पताल लगिएको छ”, उनले भने, “अहिले अस्पतालमा आमा र शिशुको उपचार भइरहेको छ । दुवैको अवस्था खतरामुक्त रहेको खबर पाएका छौँ ।”

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको नगरप्रमुख शाहीले जानकारी दिए । “नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो”, उनले भने, “राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार भएकाले उद्धारका लागि लागेको खर्च सबै सरकारले नै बेहोर्ने छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *