प्रधानमन्त्री प्रचण्डले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

डिसी नेपाल
१ माघ २०७९ १२:१०

काठमाडौं। चालक दलका चार सदस्यसहित ७२ जना यात्रु बोकेको यती एयर लाइन्सको जहाज पोखरामा दुर्घटनाग्रस्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्।

दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । दुर्घटनाको बिवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल गएका छन् ।

जहाज दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *