प्रधानमन्त्री प्रचण्ड पोखरा जाँदै

डिसी नेपाल
१ माघ २०७९ १४:३२
232
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान दुर्घटनाबारे जानकारी लिन आज पोखरा जाने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि उनी विमान दुर्घटनास्थल पोखरा जान लागेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

“अहिले मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ, बैठकपछि प्रधानमन्त्री पोखरा जाने कार्यक्रम छ”, उनले भने, “सम्भवत् प्रधानमन्त्री दुर्घटनास्थलमा समेत पुग्नुहुनेछ।” प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री, नागरिक उड्डयन प्राधिकरण, विमानस्थलका उच्च अधिकारी पनि पोखरा जाने बताइएको छ।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आज बिहान पोखरामा दुर्घटनाग्रस्त भएको थियो। विमानमा चालक दलका चारसहित ७२ यात्रु सवार रहेका थिए।

दुर्घटनास्थलबाट हालसम्म २९ जनाको शव निकालिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। घटनास्थलमा उद्धार कार्य जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *