आज यती एयरलाइन्सका नियमित उडान नहुने

डिसी नेपाल
२ माघ २०७९ ६:५१
3.4k
Shares

काठमाडौं। यती एयरलाइन्सले आज नियमित उडान नभर्ने भएको छ।

आइतबार पोखरामा एटिआर-७२ जहाज दुर्घटनामा परेपछि यतीले आज हुने भनिएका सबै उडान रद्द गर्ने निर्णय गरेको हो। नियमित उडान रद्द गरिए पनि आपतकालीन र उद्दारका उडान भने हुने एयरलाइन्सले जनाएको छ।

पोखरामा भएको दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए। सरकारले आज शोक विदा दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *