प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ राजदूतकाे भेट

डिसी नेपाल
२ माघ २०७९ १०:०८

काठमाडाैं। नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।

साेमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे भेटमा चिनियाँ राजदूत चेनले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्रीलाई बधाई, नयाँ बर्षको शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व, विकास र समृद्धिकबाटोमा सधैं साथमा रहने बताएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

प्रधानमन्त्री प्रचण्डले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागी धन्यवाद भन्दै आफ्नो तर्फबाट रास्ट्रपति सि जिन पिङ्ग र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *