पाकिस्तानका प्रधानमन्त्रीले भने– ‘मित्र राष्ट्रहरुसँग बारम्बार ऋण माग्न लाज लाग्छ’

डिसी नेपाल
२ माघ २०७९ ११:५९
128
Shares

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले मित्र राष्ट्रहरुसँग थप ऋण माग्न आफूलाई लाज लागेको बताएका छन् । उनले भने कि यो नगद संकटको सामना गरिरहेको पाकिस्तानको अर्थतन्त्रको स्थायी समाधान होइन।

समाचार एजेन्सी पीटीआईका अनुसार पञ्जाब प्रान्तको राजधानीमा पाकिस्तान प्रशासनिक सेवाका प्रोबेशनरी अफिसरहरूको पासिङ आउट समारोहमा शहबाज सरिफले विगत ७५ वर्षदेखिको सरकारहरूले आर्थिक समस्याको समाधान खोज्न नसकेकोमा दुःख व्यक्त गरे, चाहे त्यो राजनैतिक सरकार होस् वा सैन्य तानाशाहको सरकार ।

जियो न्यूजको एक समाचारमा प्रधानमन्त्रीले आर्थिक सहयोग गरेकोमा साउदी अरेबियाको प्रशंसा गरेको उल्लेख गरिएको छ । तर उनले मित्र राष्ट्रहरुसँग बारम्बार ऋण माग्नु साँच्चै लाजमर्दो कुरा भएको पनि बताए । उनले ऋण लिएर पाकिस्तानको आर्थिक समस्या समाधान गर्न नसकिने भन्दै अन्त्यमा यो पैसा पनि फिर्ता गर्नुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *