गण्डकी प्रदेशको उपसभामुख निर्वाचनअघि शोक प्रस्ताव पारित गरिने

डिसी नेपाल
२ माघ २०७९ १३:४७
36
Shares

पोखरा। गण्डकी प्रदेशको उपसभामुख निर्वाचनअघि शोक प्रस्ताव पारित गरिने भएको छ। संसद सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार पोखरामा आइतबार भएको यति एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका सम्झनामा शोक प्रस्ताव पारित गर्न लागिएको हो।

शोक प्रस्ताव पारित भएपछि उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुनेछ। उपसभामुखका लागि नेकपा एमालेवाट बाग्लुङकी बिनाकुमार थापा तथा कांग्रेसबाट लम्जुङकी पार्वती तामाङले उम्मेदवारी दर्ता गराएका छन्।

सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा एमालेको २२, माओवादीको ८ राप्रपाको २ मत छ भने कांग्रेसको २७ मत रहेको छ। उता, एकीकृत समाजवादीको १ मत रहेको प्रदेश सभाले आजै उपसभामुख चयन गर्नेछ। गठबन्धनको मत बढी भएकाले एमालेकी थापा चयन हुने लगभग निश्चित छ। यसअघि नै माओवादीका कृष्ण धिताल सभामुख चयन भईसकेका छन्। सभामुखको हैसियतमा उनले मत भने हाल्ने छैनन्।

पोखरा विमान दुर्घटनामा सरकारले राष्ट्रिय शोक घोषणा गरेपछि मधेस प्रदेश र सुदुरपश्चिम प्रदेशको सभा स्थगित भएको थियो। तर, उपसभामुख चयन गर्नुपर्ने समयसीमाकाे संबैधानिक बाध्यताका कारण गण्डकीमा उपसभामुख चयन हुन लागेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *