गण्डकी प्रदेशको उपसभामुखमा एमालेकी थापा निर्वाचित

डिसी नेपाल
२ माघ २०७९ १६:१९

पोखरा । गण्डकी प्रदेशसभाको उपसभामुखको दोस्रो कार्याकालका लागि नेकपा एमालेकी विनाकुमारी थापा निर्वाचित भएकी छन् ।

प्रदेशसभाको सोमबार बसेको बैठकमा उपसभामुखका लागि भएको मत बिभाजनमा थापाको पक्षमा ३२ मत प्राप्त भएको छ भने विपक्षमा २६ मत प्राप्त झरेको थियो  । थापालाई एमालेका २२, माओवादी केन्द्रका ७, राप्रपाका २ र स्वतन्त्र सांसदले पक्षमा मत दिएका थिए ।

लमजुङबाट कांग्रेस सांसद पार्वती तामाङले उपसभामुखमा उम्मेदवारी दिएकी थिइन् । उनी पराजित भईन् । नवनिर्वाचित सभामुख कृष्ण धितालका अनुसार प्रदेशसभाको बैठकमा ५८ सांसद सहभागी रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *