तीन मन्त्रालय लिएर राप्रपा सरकारमा जाने, राजेन्द्र लिङ्देन उपप्रधान एवं उर्जामन्त्री

रास्वपालाई शिक्षा र श्रम मन्त्रालय थप

डिसी नेपाल
२ माघ २०७९ २३:२३

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने भएको छ। बालुवाटारमा बसेको साझेदार दलको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएसँगै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको हो।

स्रोतका अनुसार राप्रपाले उर्जा, युवा तथा खेलकुद र शहरी विकास मन्त्रालय तथा एक राज्यमन्त्री पाएको छ। राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जामन्त्री हुने भएका छन्।

अरु दुई मन्त्री र एक राज्यमन्त्रीको अध्यक्ष लिङ्देनले पार्टी छलफल गरेर टुंगो लगाउने राप्रपाका एक नेताले बताए।

त्यस्तै, राट्रिय स्वतन्त्र पार्टीले पनि उपप्रधानमन्त्रीसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। उपप्रधान एवं गृहमन्त्री सभापति रवि लामिछाने लिएका छन्। रास्वपाले शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ।

सत्ता साझेदारमा सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ।

भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलेका अनुसार मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *