मन्त्रिपरिषदले पूर्णता पाउँदै, नयाँ मन्त्रीको सपथ आज

डिसी नेपाल
३ माघ २०७९ ६:३४

काठमाडौं। सत्ता साझेदार दलहरबीच मन्त्रालयको भागबण्डा मिलेसँगै प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले आज मन्त्रिपरिषदलाई पूर्णता दिँदैछन्। सोमबार बसेको सत्ता साझेदार दलले मन्त्रालयको भागबण्डा मिलाएको थियो।

भागबण्डा टुंगिएसँगै आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन्। मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ।

मन्त्रालयको भागबण्डा सत्ता साझेदारमा सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले एक उप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। राप्रपाले पनि एक उप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछ। जनमत पार्टीले एक मन्त्री पाउनेछ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने भएको छ। बालुवाटारमा बसेको साझेदार दलको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएसँगै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको हो।

स्रोतका अनुसार राप्रपाले उर्जा, युवा तथा खेलकुद र शहरी विकास मन्त्रालय तथा एक राज्यमन्त्री पाएको छ। राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जामन्त्री हुने भएका छन्।

अरु दुई मन्त्री र एक राज्यमन्त्रीको अध्यक्ष लिङ्देनले पार्टी छलफल गरेर टुंगो लगाउने राप्रपाका एक नेताले बताए।

त्यस्तै, राट्रिय स्वतन्त्र पार्टीले पनि उपप्रधानमन्त्रीसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। उपप्रधान एवं गृहमन्त्री सभापति रवि लामिछाने लिएका छन्। रास्वपाले शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *