राष्ट्रिय सभा सदस्य विमला पौडेल राई परराष्ट्रमन्त्री बन्दै

डिसी नेपाल
३ माघ २०७९ १०:३५

काठमाडौं । राष्ट्रिय सभा सदस्य विमला पौडेल राई परराष्ट्र मन्त्री बन्ने भएकी छिन्। नेकपा (एमाले) की पौडेल राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित सांसद हुन् ।

पौडेलले मंगलबार दिउँसो सपथ लिन लागेकी छन्। उनी नेपालको इतिहासमा नेपाली कांग्रेसकी सुजाता कोइरालापछि परराष्ट्र मन्त्री हुने दोस्रो महिला हुन् ।

राष्ट्रपतिबाट सांसद मनोनित राईलाई मन्त्री बनाउन राष्ट्रपति स्वयंको पनि चासो रहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *