विमान दुर्घटना परी ज्यान गुमाउनेको शव शिक्षण अस्पतालमा (तस्बिरहरु)

अनिल पोख्रेल
३ माघ २०७९ १४:२०
264
Shares

काठमाडौं। १ माघमा पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सका मृतकहरूमध्ये ४६ जनाको शव आज काठमाडौं ल्याइएको छ। उनीहरूको शवलाई हेलिकोप्टरमार्फल काठमाडौं ल्याइ पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

अन्य २४ जनाको शव भने गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ। जसमध्येका केही शव आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ।

कतिपय शव पहिचान गर्न नै नसकिने खालका भएको र डिएनए परीक्षण समेत गर्नुपर्ने भएकाले काठमाडौं ल्याइएको हो। विमानमा ७२ जना सवार थिए त्यसमध्ये ७० जनाको मात्रै शव फेला परेको छ। बाँकी दुई जनालाई अझै फेला पार्न सकिएको छैन।

शिक्षण अस्पतालमा थप परिक्षण गरेर आफन्तलाई बुझाइने र विदेशी यात्रुको शव प्रक्रिया पुराएर पठाइने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान सेती खोँचमा दुर्घटना भएको थियो ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *