अघि बढाइएका कार्यक्रमहरु पूरा गर्न कर्मचारीलाई सहरी विकासमन्त्रीको निर्देशन

डिसी नेपाल
३ माघ २०७९ १६:२४
60
Shares

काठमाडौं। नवनियुक्त सहरी विकासमन्त्री विक्रम पाण्डेले मन्त्रालयबाट अघि बढाइएका कार्यक्रमहरुलाई पुरा गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।

मंगलबार मन्त्रालयमा पदभार ग्रहण गर्दै पाण्डेले मन्त्रीबाट सदर भएका योजनाहरु अलपत्र पार्ने र पुरा नगर्ने प्रवृतिलाई अन्त्य गर्न निर्देशन दिएका हुन्। उनले तुइनबाट तर्दा सर्वसाधारणहरुको ज्यान जाने गरेको भन्दै खोलाको आधा घण्टाको अन्तरालमा झोलुङ्गे पुल निर्माण गर्ने बताए।

उनले शहरी बिकास मन्त्रालयबाट भए गरेका कामको विवरण लिएर प्राथमिकता निर्धारण गर्ने उल्लेख गरे। उनले आफु कुनै स्वार्थका आधारमा काम नगर्ने स्पष्ट पारे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *