कानुनमन्त्रीको पहिलो निर्णयः आवश्यक कानुनबारे जानकारी गराउन अन्य मन्त्रालयहरुलाई पत्र पठाउने

डिसी नेपाल
३ माघ २०७९ १६:३९
128
Shares

काठमाडौं। नवनियुक्त कानुनमन्त्री धुव्रबहादुर प्रधानले पदभार ग्रहण गरेका छन्।

शीतल निवासमा सपथ ग्रहण पछि सिंहदरबार पुगेर प्रधानले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै कानुनमन्त्री प्रधानले आवश्यक कानुनबारे जानकारी गराउन अन्य मन्त्रालयहरुलाई पत्र पठाउने निर्णय गरेका छन्।

राप्रपाबाट नवलपरासी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका प्रधान पहिलो पटक मन्त्री बनेका हुन्। उनले कांग्रेसका देवेन्द्रराज कँडेललाई पराजित गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *