विश्व इतिहासमा आजः सेरालियोनको एक दशक लामो युद्ध अन्त्य

डिसी नेपाल
४ माघ २०७९ ६:२८
48
Shares

आज १८जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

सेरालियोनको युद्ध समाप्त

विश्व इतिहासमा आज सियरा लियोनको गृह युद्ध अन्त्य भएको थियो। सन् २००२ को १८ जनवरीमा ११ वर्ष लामो युद्ध अन्त्य भएको थियो। एक दशकभन्दा लामो सो युद्धका कारण ५० हजारको मृत्यु भएको भएको थियो भने लाखौं विस्थापित भएका थिए।

पेरिस शान्ति सम्मेलन

सन् १९१९ को १८ जनवरीमा पेरिस शान्ति सम्मेलन सुरु भएको थियो। पहिलो विश्वयुद्धपछि उत्पन्न अस्थिरता र द्वन्द्वको आलो घाउबीच फ्रान्सको राजधानी पेरिसमा सम्मेलन भएको थियो। सम्मेलनपछि भर्सेल्स सन्धीमा हस्ताक्षर भएको थियो।

उत्तरी धुव्रमा हिड्ने नर्वेका अन्वेषक

सन् १९९७ मा नर्वेका धुवीय अन्वेषक बोर्ग आउसल्यान्ड कसैको सहयोगबिना एक्लै अन्टार्कटिकामा हिँडेका थिए। बोर्गले पृथ्वीकै सबैभन्दा उत्तरी महादेशमा तीन हजार किलोमिटर हिँडेर रेकर्ड कायम गरेका थिए।

मार्टिन लुथर किङ दिवस

सन् १९८६ को १८ जनवरीदेखि अमेरिकामा मार्टिन लुथर किङ दिवस मनाउन सुरु भएको थियो । यस दिन सार्वजनिक बिदा दिइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *