डा. सन्दुक रुइतलाई बहराइनको प्रतिष्ठित इसा अवार्डबाट सम्मान गरिने

डिसी नेपाल
४ माघ २०७९ ७:०१
196
Shares

काठमाडौं। नेपाली नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाइ बहराइनको प्रतिष्ठित इसा अवार्डबाट सम्मान गरिने भएको छ। बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उनलाई सम्मान गर्न लागिएको हो।

डा. रुइतले समुदायमा गरेको सेवा र उपलब्धिको लागि सम्मान स्वरुप सम्मान गर्ने निर्णय गरिएको सो संस्थाले जनाएको छ। डा. रुइतले मोतियाबिन्दुको उपचारमा सरल विधिको विकास गरेर हजारौं मानिसहरूलाई सेवा गरेका छन्।

अवार्ड आउँदो महिना बहराइनमा विशेष कार्यक्रम गरेर प्रदान गरिने बताइएको छ। डा.रुइतले यसअघि सन् २००६ मा मलेसियाको रोमन मागासेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अष्ट्रेलिया र सन् २०१८ मा भो पद्यश्री अवार्ड पाइसकेका छन्। यस वर्ष यो विधाको पुरस्कारका लागि १३९ मनोनयनमा थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.