पोखरामा विमान दुर्घटनामा मृत्यु भएका उत्तर प्रदेशका चार जनालाई ५/५ लाख क्षतिपूर्ति दिइने
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेमा पाँच भारतीय थिए । तीमध्ये चार जना उत्तर प्रदेशका थिए।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यी चारै मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार, “युपीका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको विमान दुर्घटनामा ज्यान गुमाएका गाजीपुर जिल्लाका चार युवाका परिवारलाई प्रतिपरिवार पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।”
काठमाडौंबाट पोखराका लागि उडेको उक्त विमान अवतरणअघि नै दुर्घटनाग्रस्त भएको थियो । यस दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल सरकारले दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन गरेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment