न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले राजीनामा दिने

डिसी नेपाल
५ माघ २०७९ ९:०६
72
Shares

न्यूजिल्याण्ड। न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बिहीबार अर्को महिना राजीनामा दिने घोषणा गरेकी छन्। ‘मेरो लागि यो राजीनामाको समय हो’, उनले आफ्नो लेबर पार्टीका सदस्यहरूको बैठकमा भनिन्।

सन् २०१७ मा आर्डेनले गठबन्धन सरकारको नेतृत्व गरेकी थिइन्। त्यसपछि उनको केन्द्र–वामपन्थी लेबर पार्टीको नेतृत्वमा तीन वर्षपछिको चुनावमा व्यापक विजय हासिल गरेको थियो। हालैको चुनावमा उनको पार्टी र व्यक्तिगत लोकप्रियता घटेको देखेको छ।

आर्डेनले अर्को आम चुनाव अक्टोबर १४ मा हुने र त्यतिन्जेलसम्म उनी निर्वाचक सांसदको रूपमा जारी रहने बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *