विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन, सन् १९०४ मा जन्मिएका थिए

डिसी नेपाल
५ माघ २०७९ १०:५१
504
Shares

काठमाडौं । फ्रान्सेली नन लुसिल रान्डनको ११८ वर्षको उमेरमा निधन भएको छ । उनलाई संसारकै सबैभन्दा जेठो व्यक्ति मानिन्छ । उनको नर्सिङ होमका प्रवक्ताले मंगलबार उनको निधन भएको जानकारी दिएका हुन् ।

उनी दक्षिणी फ्रान्समा १९०४ मा जन्मिएकी थिइन् । उनी दुई विश्वयुद्धको साक्षी थिइन् र सन् १९४४ मा नन बनेपछि उनले सिस्टर आन्द्रे नाम राखिन् । यसपछि उनले आफ्नो सम्पूर्ण जीवन क्याथोलिक सम्प्रदायको सेवामा समर्पित गरिन् ।

उनी प्रोटेस्टेन्ट परिवारबाट आएकी थिइन्, तर २६ वर्षको उमेरमा क्याथोलिक भइन् र १५ वर्षपछि क्याथोलिक चर्चको भाग बनिन्। आन्द्रेले एक पटक पत्रकारहरूलाई भनिन् कि उनले पहिलो विश्वयुद्धमा पनि भाग लिएकी थिइन् र सुरक्षित रूपमा फर्कन पाउँदा धेरै खुसी थिइन्।

सिस्टर आन्द्रे, जो दृष्टिविहीन थिइन् र सधैं ह्वीलचेयरमा सीमित थिइन् । उनले अरू वृद्धहरूको हेरचाह गरिन्। तिनीहरूमध्ये उनीभन्दा कान्छा धेरै मानिसहरू थिए।

गत अप्रिलमा उनले समाचार एजेन्सी एएफपीलाई दिएको एक अन्तर्वार्तामा भनिन्, ‘मानिसहरूले बढी कामले मर्छ भन्छन् तर मेरो लागि यो बाँच्ने कारण थियो, म १०८ वर्षको उमेरसम्म काम गरिरहेकी थिएँ ।

गत अप्रिलमा ११९ वर्षीय जापानी महिला केन तानाकाको मृत्यु भएपछि सिस्टर आन्द्रेलाई गिनिज बुक अफ रेकर्डमा विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको रूपमा चिनाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *