आज वसन्त पञ्चमी, सरस्वती मन्दिरहरूमा घुइँचो (फाेटाेफिचर)
काठमाडौं। आज सरस्वती पूजा, काठमाडौं उपत्यकासहित देशभरका सरस्वती मन्दिरमा पूजा आराधना र दर्शन गर्नेको भीड लागेको छ। आजको दिनलाई वसन्तपञ्चमी र श्रीपञ्चमी पनि भन्ने गरिएको छ।

सरस्वतीलाई विद्याकी देवीको रुपमा पूजा आराधना गरिने भएको आजबाट बालबालिकाहरुलाई अक्षर आरम्भ गराउने भएकाले बिहानैदेखि मन्दिरहरुमा घुइँचो लागेको हो।

स्वयम्भू, मैतिदेवी, हनुमानढोकासहितका सरस्वती मन्दिरहरुमा बिहानैदेखि पूजा गर्नेहरुको घुइँचो लागेको छ। बालबालिकाले मन्दिरका भित्ता तथा पर्खालमा चकले लेखेर अक्षरारम्भ गरेका छन्।









No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment