डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फेरि अनुमति दिइने

डिसी नेपाल
१२ माघ २०७९ ११:५९
32
Shares

न्युयोर्क। डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फिर्ता अनुमति दिइने मेटाले घोषणा गरेको छ।

घोषणासँगै उनको अकाउन्टमा दुई वर्षको निलम्बन समाप्त हुनेछ। निलम्बन ‘आउँदो हप्तामा’ समाप्त हुने सामाजिक मिडियाले जानकारी दिएको छ ।

एक विज्ञप्तिमा मेटाका ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले भने कि जनताले ‘उनीहरुका  राजनीतिज्ञहरूले के भनिरहेका छन् सुन्न सक्षम हुनुपर्दछ। ’

ट्रम्पको खाताले अब सार्वजनिक सुरक्षाको लागि गम्भीर जोखिम प्रतिनिधित्व नगर्ने एक समीक्षाले पत्ता लगाएको प्राप्त विवरणहरुमा जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *