राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण (फोटो फिचर)

डिसी नेपाल
१२ माघ २०७९ ११:५१

काठमाडौँ। वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गरेकी छन्। बिहिबार वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति भण्डारीले काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकाको नासाल चोकमा वसन्त श्रवण गरेकी हुन्।

वसन्त श्रवणमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सभामुख, सांसदहरू, संवैधानिक अंकका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो।

विशेष गरेर आज सरस्वती पूजाको दिनमा हनुमानढोका दरबारस्थित नासाल चोकमा राष्ट्रप्रमुखलाई वसन्त श्रवण गर्ने प्रचलन रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *