एचडीएनपीद्वारा आचार्यको परिवारलाई १ लाख सहयोग

डिसी नेपाल
१५ माघ २०७९ ८:०२

सप्तरी। संसद भवनको अगाडिशरिरमा आगो लगाई आत्महत्या गरेको प्रेमप्रसाद आचार्यको परिवारलाई टेक्ससको एचडिएनपी अन्तर्राष्ट्रिय संस्थाले १ लाख १ सय रुपैयाँ सहयोग गरेको छ।

अमेरिकाको टेक्सस राज्यमा एक दशक अघिदेखि घरबार बिहिनलाई खाना,कपडा तथा अन्य सहयोग गर्दै आएको उक्त संस्थाले जनवरी २६ ,२०२३ का दिन मृतकका परिवारको नाममा काठमाडौँमा रहेको खातामा सिधै रकम जम्मा गरेको संस्थाका अध्यक्ष देवी डेविड आचार्यले बताए।

संस्था ऋण तिर्न नसकेर आँपको रूखमा झुन्डिएर आत्महत्या गरेका सप्तरी छिन्नमस्ता गाउँपालिकाका ४५ वर्षीय रामदेव मरिकको परिवारलाई पनि उक्त संस्थाले २५ हजार रूपैयाँ सहयोग गर्ने अध्यक्ष आचार्यले बताए ।

सहकारी संस्थाबाट लिएको १ लाख रुपैयाँ ऋणको किस्ता तिर्न नसक्दा जनवरी २७, २०२३ का दिन मरिकले झुन्डिएर आत्महत्या गरेका थिए। काठमाडाैं नयाँ बानेश्वर स्थित सँसद भवन अगाडि आत्मदाहको प्रयासपछि उपचारको क्रममा निधन भएका ईलामका प्रेमप्रसाद आचार्यको परिवार नानुका

अधिकारीको बानेश्वर स्थित ग्लोबल आईएमइ बैंक मार्फत रकम पठाईएको अध्यक्ष आचार्यले बताए। उनले भने, ´सँस्थामा आबद्ध सदस्यहरूक‍ो सहयोगमा उक्त रकम उनको श्रीमतीको खातामा जम्मा गरिएको हो ।

आर्थिक कारण समस्याका कारण आचार्यले आत्मदाह र मरिकले आत्महत्या गरेको समाचारले प्रवासी नेपाली समुदाय दुखी भएको भन्दै आगामी दिनमा यस्ता घटना दोहरिन नदिन राज्य जिम्मेवार रुपमा प्रस्तुत हुनु पर्ने संस्थाका प्रमुख आचार्यले बताए । उनले भने,´यो सानो सहयोगले उनको परिवारलाई सानो सहयोग पुग्ने बताए।

विभिन्न व्यवसाय गर्न खोज्दा राज्य व्यवस्था र नीतिनियम बाधक बनी आफूले काम गर्न नसकेको र काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै सामाजिक सञ्जालमा मृतक आचार्यले मृत्युअघि लामो ‘सुसाइड नोट’ लेखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *