इजरायली सेनाको हमलामा १० प्यलेस्टाइनीको मृत्यु

डिसी नेपाल
१५ माघ २०७९ ८:१९

जेरुसेलम। वेस्ट बैंकमा इजरायली सेनाले १० प्यालेस्टाइनीको हत्या गरेका उक्त क्षेत्रका अधिकारीहरूले बताएका छन्।

उत्तरी सहर जेनिनको भीडभाड शरणार्थी शिविरमा छापा मार्ने क्रममा वेस्ट बैंकमा विस्फोट र आक्रमणमा उनीहरुको मृत्यु भएको हो। विस्फोटपछि सडकहरूमा बन्दुकको गोली चलेको आवाज सुनिएको थियो।

९ जनाको मृत्यु आतंकवादविरोधी अभियानका रुपमा गरिएको कारबाहीमा भएको इजरायली सेनाले जनाएको छ।

यसैबीच, पूर्वी जेरुसेलममा प्रार्थनासभामा भेला भएका व्यक्तिमाथि एक प्यालेष्टिनी बन्दुकधारीले आक्रमण गर्दा सात जना मारिएका छन् भने तीन जना घाइते भएका छन्। नेभ याकोभस्थित प्रार्थनास्थलमा भएको हमलामा ७ जना मारिएका प्रहरीले जनाएको छ। प्रहरीले सो आक्रमणलाई आतंकवादी भनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *