गायक मनोज केसीको ‘घर त गैरी गाउँ’ सार्वजनिक

डिसी नेपाल
१५ माघ २०७९ ११:३७
36
Shares

काठमाडौँ। गायक मनोज केसीको स्वरमा रहेको ‘घर त गैरी गाउँ’ सार्वजनिक गरिएको छ।  उक्त गीतमा गायिक अस्मिता अधिकारीले मनोजलाई स्वरमा साथ दिएकी छन्।

मनोज केसी र रामकुमार गुरुङ (आरके गुरुङ)को शब्द सृजना रहेको सो गीतमा आरके गुरुङले संगीत भरेका छन्।

झम्के साँझ, सोल्टिनी, मस्यौरी, चाइनेजो, साह्रै मन अत्त्याउनी, भँमरा, फिदा, मेरो क्रस, सालैजो कौराजस्ता हजारबढी लोकपप आधुनिक गीतहरुको भिडियो निर्देशन गरेका दीपेन्द्र तिमल्सिनाकै निर्देशन र कोरियोग्राफीमा गरेको ‘घर त गैरी गाउँ’को भिडियोमा जुना सुन्दास, आयुस्मा कार्की, गणेशमान घले र रमेश थापाको अभिनय छ।

तिमल्सिनाले नेपाली तथा भोजपुरी गरी एक दर्जनभन्दा बढी चलचित्रहरुमा नृत्य निर्देशन गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *