युवाहरू आर्थिक रुपमा आत्मनिर्भर हुन आवश्यक : सन्जोग कोइराला
काठमाडौँ। हल्ट प्राइज नोबेल कलेजले आर्थिक निर्भरताको बारेमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। युवा उद्यमी एवं प्रशिक्षक सन्जोग कोइरालाले युवा बिद्यार्थीहरुलाई कसरी आर्थिक व्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा आफ्नो महत्वपूर्ण भनाईहरु ब्यक्त गरेका थिए।
युवा विद्यार्थीलाई युवा उद्यमी बनाउने हल्ट प्राइजको प्रसंशा गर्दै उनले बचतको महत्व, आकस्मिक कोषको व्यवस्थापन र बैंकिङ्गको आवश्यकताको बारेमा पनि प्रष्ट पारेका थिए। आफ्नो उद्यमशीलताको उदाहरण दिदैं लगनशीलता र आर्थिक कोषको व्यवस्थापनले युवा आवस्थामा धेरै नै फड्को मार्न सक्ने पनि उनले बताए।
हल्ट प्राइज नोबेल कलेजका पुर्व क्याम्पस निर्देशक आयुष बुढाथोकीले आगन्तुक सम्पूर्ण विद्यार्थी एवं उपस्थित ब्यक्तित्वलाई स्वागत एवं कार्यक्रमको औच्यित्य बारेमा प्रकाश पारेका थिए। कार्यक्रममा प्रशिक्षक कोइरालालाई धन्यवाद ज्ञापन र मायाको चिनो हल्ट प्राइज नोबेल कलेजको तर्फबाट क्याम्पस निर्देशक स्वस्तिका बज्रचार्यले दिएकी थिईन्।
कार्यक्रममा अन्तरक्रियामा मात्र नभई बिभिन्न व्यवसायिक फर्महरूले स्टल पनि राखेका थिए। व्यापार प्रवर्धन र फर्महरुको बारेमा जानकारी दिने हेतुले माकुसे, शगून, नबिल बैंक, युका नेपाल र चिया नोटबुक्सले कार्यक्रम भईरहेको नोबेल कलेज परिसरमा स्टलहरु राखेका थिए। कार्यक्रममा करिब १२० जनाको सहभागिता थियो भने कार्यक्रम संचालन अंकित पोखरेलले गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment