श्रीमतीको हत्या गरेको आराेपमा श्रीमान पक्राउ
भोजपुर। श्रीमती पक्राउ गरेको आरोपमा श्रीमान पक्राउ परेको छ। आफ्नै श्रीमती ४१ वर्षीया गंगा श्रेष्ठको हत्या गरेको आराेपमा अरुण गाउँपालिका-२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञानबहादुर श्रेष्ठ पक्राउ परेका हुन्।
ज्ञानबहादुरले मादक पदार्थ सेवन गरी सामान्य विवादको कारण आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरी खाडलमा पुरेको भन्ने सुचना प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय भोजपुर ईलाका प्रहरी कार्यालय तिवारिभन्ञ्याङ र प्रहरी चौकी प्याउलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment