तत्कालीन शाखा अधिकृत रिजाल अकुत सम्पत्ति कमाएको अभियोगमा दोषी ठहर

डिसी नेपाल
१५ माघ २०७९ १८:३३
88
Shares

काठमाडौं। राजश्व अनुसन्धान विभाग तत्कालीन शाखा अधिकृत रामजी रिजाल अकुत सम्पत्ति कमाएको अभियोगमा दोषी ठहर भएका छन्। विशेष अदालतको पूर्ण इजलासले आज उनलाई दोषी ठहर गरेको हो।

रिजाललाई दुई करोड ९७ लाख ३८ हजार ३१० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको र उनको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ फागुन ६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

रिजालले २०७५ वैशाख १५ गते राजस्व अनुसन्धान विभागबाट शाखा अधिकृतबाट अनिवार्य अवकाश पाएका थिए। त्यसअघि उनी खानेपानी, ढल निकास विभाग तथा भूमि सुधार तथा व्यवस्था मन्त्रालयमा समेत कार्यरत थिए।

रिजालले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती स्वस्थानी रिजालसमेतको नाममा राखेको दाबी अख्तियारको थियो। विशेष अदालतले उनलाई गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा दोषी ठहर गरेको हो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *