‘मिसेस नेपाल आइडल’ भईन सजना

डिसी नेपाल
१६ माघ २०७९ १०:२३

काठमाडौँ। मिसेस नेपाल आइडल २०२३ को उपाधि इलामकी सजना खत्री केसीले जित्न सफल भएकी छन्। राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न कार्यक्रममा उनले मोष्ट इन्टिलिजेन्ट र मोस्ट पपुलर उपाधिसहित चाँदीको ताज पहिरन सफल भएकी हुन्।

यस्तै, फस्ट रनर अपमा सयुजा नेम्बाङ र सेकेन्ड रनर अपमा नीता भट्टराईले आफ्नो स्थान बनाउन सफल भएकी छन्। हिमालयन मुभिजको आयोजनामा सम्पन्न सो कार्यक्रम मिसेस नेपाल आइडलको सातौँ संस्करण हो। कार्यक्रममा फाइनलिष्टहरुले सब टाइटल अर्वाड पनि हासिल गरेका थिए जसमा वेष्ट फोटोजेनिक सयाजु नेम्बाङ, मोष्ट कन्फिडेन्ट र पब्लिक च्वाइस भिडियो अर्वाड निता भट्टराई, मोष्ट स्मार्ट सुशिला थापा घिमिरे, मोष्ट एट्राक्टीभ मनिता गुरुङ दुरा, मोष्ट एक्टिभ कुमारी गुरुङ, मोष्ट डिलिजेन्ट बुद्धि सरा अर्याल, वेष्ट पर्सनालिटी गोमा गुरुङले हात पार्न सफल भएका छन्।

अवार्ड विजेता फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा प्रतियोगीहरू व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुति, क्याटवाक लगायत विविध विषयमा करिब दुई साताको प्रशिक्षणमा सहभागी भएका थिए।

वरिष्ठ गायिका देवीका वन्दनाको विशेष आतित्थ रहेको कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता तथा चलचित्रकर्मी सीमान्त उदास, नायक अयुब केसी, अभिनेत्री रस्मि भट्ट, ब्युटिसियन नेपाल २०१९ हेमा पुन मगर, नर्सिङ आइडल २०१९ निसु महर्जन र मिसेज हिमालयन नेपाल २०२२ सुशिला थिङ तामाङ थिए।

विवाहित महिलाहरूको क्षमता, प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम गरिएको आयोजक पक्षले बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *