रजनीकान्तलाई दुरूपयोग गरे कारबाही

डिसी नेपाल
१६ माघ २०७९ १२:०३
6.0k
Shares

मुम्बई। साउथ फिल्मका दिग्गज अभिनेता रजनीकान्त अभिनयका महाराथी हुन् भन्दा फरक नपर्ला। विश्वभरी नै यी अभिनेतालाई मनपराउने फ्यानको संख्या उल्लेख्य छ।

यही बीचमा रजनीकान्तले आफ्नो निजी अधिकारलाई सुरक्षा गर्न एक महत्वपूर्ण निर्णय लिएका छन्। उनले अनुमति बिना आफ्नो नाम, स्वर, फोटो र उनीसँग जोडिएका कुनै पनि वस्तु प्रयोग गरे कडा कारवाही गर्ने घोषणा गरेका छन्।

रजनीकान्तका वकिल इलाम भारतीले केही व्यक्तिविरुद्ध आपराधिक कारबाहीको चेतावनीयुक्त पत्र जारी गरेका छन्। जसअनुसार कसैले पनि अभिनेताको निजी र एक सेलिब्रेटीका रुपमा अधिकारलाई बिना अनुमति प्रयोग गरेमा उविरुद्ध कानुनी कारबाही गरिनेछ।

अधिकांश व्यक्तिहरु सेलिब्रेटीको नाम, फोटो, स्वर र फेमका माध्यमबाट आफ्नो फलोअर बढाउन, उत्पादन बेच्न र व्यावसायिक रुपमा प्रयोग गर्न सक्रिय छन्। यस्तो अवस्थामा रजनीकान्तका वकिलले सूचना जारी गरेपछि अब यस्तो काममा कडाई गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *