गिनिज बुकमा गायिका अलका याग्निकको ह्याट्रिक

डिसी नेपाल
१७ माघ २०७९ १५:३२

मुम्बई। बलिउडकी प्रख्यात गायिका अलका याग्निकले लगातार तेस्रो वर्ष गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएकी छन्। उनका गीतलाई सन् २०२२ मा सर्वाधिक बढी सुनिएको छ।

सन् २०२२ मा उनको गीतलाई १५ दशमलब ३ बिलियन पटक सुनिएको हो। उनले यो मामलामा विश्व प्रख्यात गायिकाहरु टेलर स्वीफ्ट, बियोन्से र बीटीएसलाई पछि पारेकी छन्।

सन् २०२१ र २०२० मा पनि अलकाको गीत विश्वभर सर्वाधिक बढी सुनिएको थियो। यो उपलब्धि अलकाका लागि किन पनि विशेष छ भने उनी सन् ९० र २००० को दशककी गायिका हुन्। पछिल्लो १० वर्षमा अलका संगीतमा त्यति सक्रिय छैनन्। यसका बाबजुद आज पनि उनका गीत सबैभन्दा बढी सुनिन्छन्।

अलकाको गीत सन् २०२० मा १६ दशमलब ६ बिलियन पटक सुनिएको थियो। त्यस्तै सन् २०२१ मा यो आँकडा १७ दशमलब ७ बिलियन पुग्यो। सन् २०२२ मा १५ दशमलब ३ बिलियन स्ट्रीम पुगेको छ। यी सबैको औषत हिसाब निकाल्ने हो भने उनको गीत युट्युबमा दैनिक ४२ मिलियन पटक सुनिएको छ।

अलकापछि बेड बन्नी १४ दशमलब ७ बिलियनका साथ दोस्रो नम्बरमा, उदित नारायण झा १० दशमलब ८ बिलियनका साथ तेस्रो नम्बरमा, अरिजीत सिंह १० दशमलब ७ बिलियनका साथ चौथो नम्बरमा र ९ दशमलब ०९ बिलियन स्ट्रीमका साथ कुमार सानू पाँचौं स्थानमा छन्।

सूचीमा बीटीएस(७ दशमलब ९५ बिलियन) र ब्ल्याकपिंक(७ दशमलब ०३ बिलियन)का साथ उत्कृष्ट १० मा छन्। तर, टेलर स्विफ्ट ४ दशमलब ३ बिलियनका साथ २६ औं र ड्रेक २ दशमलब ९ बिलियनका साथ ५० औं नम्बरमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *