मधेश प्रदेशसभाको विषयगत समिति सभापतिमा भागबन्डा मिल्यो
जनकपुरधाम। मधेश प्रदेशको प्रदेशसभाअन्तर्गत रहने विषयगत समिति सभापतिको भागबन्डामा दलीय सहमति जुटेको छ।
प्रदेशसभाअन्तर्गत रहेका सातवटा विषयगत समिति सभापतिमा बागबन्डा मिलेको लोसपाका सांसद उपेन्द्र महतोले जानकारी दिए। उनकाअनुसार कांग्रेसले लेखा समितिको सभापति पाएको छ।
माओवादीले प्राकृतिक स्रोत तथा वातावरण समिति, लोकतान्त्रिक समाजवादीले महिला बलबीलिका तथा सामाजिक न्याय समिति, जनता समाजवादीले विकास समिति, जनमतले अर्थ तथा योजना समिति, एमालेले कृषि तथा भूमि व्यवस्थापन समिति र एकीकृत समाजवादीले प्रदेश मामिला समितिको सभापति पाएको महताले जानकारी दिए।
आ–आफ्नो भागमा परेका समितिको सभापतिको नाम भने सम्बन्धित् दलहरुले टुंग्याउन बाँकी छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment