हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना

डिसी नेपाल
२० माघ २०७९ १३:००
168
Shares

काठमाडौँ। गायक तथा सारंगी वादक हेमन्त कान्छा रसाइलीको पिरती बोलको गीतको भिडियो सार्वजनिक गरिएकाे छ। राजकुमार बगरको शब्द तथा संगीतमा तयार गीतमा गायक स्वयमकै एरेन्ज रहेको छ।

पर्यटकीय नगरी घान्द्रुकमा दुईदिन लगाएर छायांकन गरिएको भिडियोमा माछापुछ्रे, अन्नपूर्ण हिमशृखलाको काखैमा पुगेर हेमन्त, विजय पुन, निशा मगर र चाहना मगर छमछम नाचेको दृश्य देखिन्छ।

भिडियोमा प्रेममा परेपछि खुशीले फुरुगं बनेका दुई जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक मौसम हिमालीले कलात्मक शैलीमा प्रस्तुत गरेका छन्। नविन घर्तीमगरको सम्पादन रहेको भिडियोको छायांकन पवन सुसलिङले गरेका हुन्। सार्वजनिक भिडियो गायक स्वयमकै अफिसियल च्यानल हेमन्त कान्छा रसाइलीबाट बजारमा आएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *