दशौँ महाधिवेशनको स्मारिका प्रकाशन गर्दै एमाले
काठमाडौं। नेकपा (एमाले)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने भएको छ।
सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन २०७८ मङ्सिर १० गतेदेखि १४ गतेसम्म चितवनको सौराहमा सम्पन्न भएको थियो। महाधिवेशनका दूरगामी प्रभाव, सो पार्टीका जीवन र राष्ट्रिय राजनीतिमा लामो समयसम्म अनुभूत भइरहने निचोेड महाधिवेशनको मूल व्यवस्थापन समितिले निकालेको छ।
विभागका सचिव गगन विष्टले स्मारिका प्रकाशनको बाँकी कामलाई सम्पन्न गर्ने, मुखपत्र ‘नवयुग’ पत्रिकालाई नयाँ तालिकाबमोजिम प्रकाशनको तयारी गर्ने र प्रचार भेला गर्ने तयारी भएको बताए। उनले पत्रिकालाई सैद्धान्तिक पत्रिकाका रूपमा चौमासिकरूपमा प्रकाशन गरिने जनाए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment