पटक स्थगित माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजे बस्ने

डिसी नेपाल
२१ माघ २०७९ ६:३१

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी पटक पटक सरेर शनिवार अपरान्ह १ बजेका लागि बोलाइएको छ।

समसमायकि राजनीतिक बिषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: गृह मन्त्रालय दिने वा नदिने बारेको लफडासहित स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रीय बिभाग बाँडफाँटको एजेन्डाका लागि बसिरहेको बैठक शुक्रवार बस्न नसके पछि शनिवार १ बजे बोलाइएको हो ।

रास्वपाले बिहिबान नै सरकार छाडने संकेतका बीचमा बैठक बोलाइए पनि अन्तत: पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्तताको कारण छोटो समयमा नै बिहीबार स्थगित हुन पुगेको थियो । त्यसपछि शुक्रवार अपरान्ह ३ बजेको बैठक पनि बस्न नसके पछि शनिवार अर्थात आज १ बजे बोलाइएको हो।

बैठकले मुख्यत: रास्वपासँगको बिबाद र केन्द्रीय बिभागहरुको कार्यबिभाजनका बारेमा निर्णय लिने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *