गजल : सदनभित्र आगो

सदनभित्र आगो बलेको बल्यै छ
खुराफात तिनको चलेको चल्यै छ

हुँदा कामभन्दा कुरा मात्र गर्ने
यहाँ जोस सबको गलेको गल्यै छ

कसैले नबुझ्दा सही मार्ग आमा
छिमेकीले जहिल्यै दलेको दल्यै छ

सिमानाको रक्षा छ फितलो यहाँको
दिनैपिच्छे खम्बा ढलेको ढल्यै छ

छ तिर्दै खुसीसङ्ग महसुल गरिबले
धनीले भने कर छलेको छल्यै छ

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *