गठबन्धनमा समस्या देखिएपछि विपक्षी दल बोल्न थाले, माधव नेपालले प्रचण्ड सरकारको भविष्यमाथि प्रश्न उठाए

डिसी नेपाल
२१ माघ २०७९ १४:०२

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धनमा समस्या आएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड सरकारमा बस्ने वा नबस्ने भन्ने बारेमा आईतवारसम्म दिएको अल्टिमेटम सकिन लागिदैै गर्दा कांग्रेस र नेकपा एसका नेताले सो अभिव्यक्ति दिन थालेका हुन ।

शनिवार बिहान कांग्रेसले बोलाएको राष्ट्रियसभा उपाध्यक्षको साझा उम्मेदवार चयन गर्न बसेको विपक्षी दलको बैठक पछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धन भित्रको बेमललाई हेरिरहेको प्रतिक्रिया दिएका छन । उनले भनेका छन, ‘सत्ता गठबन्धन भित्र व्यापक विभेद देखा परेको छ, हामी सुक्ष्म ढंगले हेरिरहेका छौं ।’

प्रचण्ड नेतृत्वको गठबन्धन भित्र विवाद बढदै गएपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनसम्म पनि प्रचण्ड सरकार टिक्नेमा आंशका व्यक्त गरेका छन् ।

आज देखी सुरु भएको सो पार्टीको पाँचौ केन्द्रिय समिति बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष नेपालले सो निर्वाचनसम्म प्रधानमन्त्रीलाई थेग्न गाह्राे भएको प्रतिक्रिया दिएका छन । उनले माओवादीलाई ढुलमुले पार्टी भन्दै सत्ताको केन्द्रित पार्टीको रुपमा ब्याख्या गर्दैै आलोचनासमेत गरेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *