माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

डिसी नेपाल
२१ माघ २०७९ १४:१७

काठमाडौं । सत्तारुढ नेकपा(माओवादी केन्द्र)को स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठक दिउँसो २ बजेदेखि  सुरु भएको हो ।

रास्वपाले गृहमन्त्रालय पाउनैपर्ने अडानले विकसित राजनीतिक अवस्थाको बारेमा बैठकमा छलफल हुने बताइएको छ ।

रास्वपाले गृहमन्त्रालय आफूले पाउनुपर्ने माग राख्दै सरकारलाई दुई दिनको अल्टिमेटम दिएको छ । यदि गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिएको छ ।

तर, माओवादी केन्द्रका अधिकांश नेताहरुले गृह मन्त्रालय आफ्नै पार्टीले राख्नुपर्ने अडान लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *